विमानस्थल ओर्लिनासाथ पल शाह पुलिसको गाडीमा हुइँकिए, युट्युवरहरु हेरेको हेर्‍यै।

काठमाडौं := अभिनेता पल शाह काठमाडौं आउने प्रतीक्षामा त्रिभुवन विमानस्थलमा भिडभाड थियो । युट्युबर र फ्यानदेखि सर्वसाधारको बाक्लो उपस्थिति थियो। हिजोमात्र जेलबाट छुटेका पल शाह आज पोखराबाट काठमाडौं आउन लागेको खवर पाएसँगै भिडियो खिच्ने युट्युवरको सयौं संख्या एयरपोर्ट पुगेको थियो ।

तर पललाई प्रहरीले आफ्नै गाडीमा बसालेर लगेपछि पलका समर्थकहरुले होहल्ला गरेका थिए । युट्यूबर र सञ्चारकर्मीहरु जिल्ल परेर हेरेको हेर्यै भएका छ्न।

उनी त्रिभुवन विमानस्थलबाट बाहिरिएको दृष्य कैद गर्न सयौँको संख्यामा युट्युवर र सञ्चारकर्मीको उपस्थिति रहेका थिए । तर, शाह विमानस्थल ओर्लिनासाथ पुलिसको गाडी चढेर बाहिरिएका छन् । सञ्चारकर्मीले उनको तस्वीरसम्म खिच्न पाएनन् ।