युएई := यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ। नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको हो।
चौथो जित हात पार्ने क्रममा नेपालले यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मलेसियालाई पराजित गरेको हो। मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई जीत हात पार्यो।नेपालका लागि पनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाएको थियो । यसअघि मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो । दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए।
यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए।मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।




















