जेलेन्स्की बने टाइम म्यागेजिनको सन् २०२२ को वर्ष व्यक्ति।

In this image from video provided by the Ukrainian Presidential Press Office and posted on Facebook early Saturday, March 12, 2022, Ukrainian President Volodymyr Zelenskyy speaks in Kyiv, Ukraine. (Ukrainian Presidential Press Office via AP)

काठमाडौं:= विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ । रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको वर्ष व्यक्ति बनेका हुन्।

यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट थिए । टाइमले अयस वर्ष भिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ ।  टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन सन् १९२७ मा सुरु गरेको हो ।