भारत := भारतको राजधानी दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ । कुल २५० सीटका लागि भएको म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसिडी) चुनावमा आपले १३२ सिट जितेर सुविधाजनक बहुमत ल्याएको छ ।
विगत १५ वर्षदेखि एमसीडीमा सत्तारूढ भारतीय जनता पार्टी १०४ सीटका साथ दोस्रो स्थानमा रहृयो । आपले पहिलोपटक एमसिडी चुनाव जितेपछि समर्थकहरूले खुशियाली मनाएका छन् । आपप्रति भरोसा देखाएको भन्दै दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीवासीलाई धन्यवाद दिनुभएको छ । एजेन्सी ।




















