काठमाडौं := सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैँ-तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण गरेको छ । योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई पाँच तोला सुन, युकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङलाई एक तोला सुन हस्तान्तरण गरिएको हो।
त्यस्तै कोरियाबाट रेमिट्यान्स पठाउने रिनाकुमारी तामाङलाई एक तोला सुन, मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी, जापानबाट रेमिट्यान्स पठाउने रविन्द्र मानन्धरलाई १० तोला चाँदी, कुवेतबाट रेमिट्यान्स पठाउने सुनिता दराईलाई १० तोलाचाँदी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने उपहार योजना सञ्चालन गरेको थियो ।




















