अष्ट्रेलिया फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश, डेनमार्क बाहिरियो।

कतार := अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो।

अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले निर्णायक गोल गरे । खेलको ६० औं मिनेटमा म्याथ्युले गोल गरेका हुन् । यस जितसँगै अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोड्यो। डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ।