कतार := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ खेलमा हारका बावजुद पनि फ्रान्स फिफा विश्वकप २०२२ मा समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति भएको समूह ‘डी’ को अन्तिम चरणको खेलमा ट्युनिसियासँग १-० गोलले हारे पनि फ्रान्स समूह विजेता बनेको हो।
फ्रान्सले समूहमा तीन खेलबाट ६ अंक जोड्यो। फ्रान्स अघिल्ला दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा पुगिसकेको थियो। बुधबार खान्जीको गोलबाट ५८ मिनेटमा ट्युनिसियाले अग्रता लिएको थियो। दोस्रो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा फ्रान्सका ग्रिजम्यानले बललाई जाली चुमाए पनि भारमार्फत अफसाइड घोषित गरियो।
समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । समूह ‘डी’ को फ्रान्सले ३ खेलमा ६ अंक जोड्यो । ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।




















