शुक्रबारसम्म मतदातालाई धन्यवाद दिन्छु, त्यसपछि संसदीय दलकाे चुनावमा लाग्छु: गगन कुमार थापा।

काठमाडौं := नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन्। महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाव समूहले वुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा विजयी भएसँगै आफू अर्को चुनावको तयारीमा रहेको बताएका हुन् ।

शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाई छ ।

त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानून निर्माणको थालनी गर्नुपर्ने पनि बताए। कहिलेकाही मन्त्रीपरिषद्मा महिला सहभागीता शुन्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए ।

त्यस्तै, थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे ।