पोल्याण्डलाई २-० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा, हारको बावजुत पनि पोल्याण्ड अगाडि।

कतार := अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को राउण्ड अफ १६ मा प्रवेश गरेको छ । स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए । तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अजेंतिनालाई २-० गोलको जित दिलाए । यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनाले अघिल्लो खेलमा मेक्सिकोलाई हराएको थियो। लगातार दुई खेलमा जितसहित अर्जेन्टिनाले समूहमा ६ अंक जोड्न सफल भयो।

यता हारका बावजुत पनि पोल्यान्ड समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ। पोल्यान्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान बनाएको हो।