फिफा विश्वकप फुटबल: घानाले दक्षिण कोरियालाई ३-२ गोलले पराजित गर्यो।

AL RAYYAN, QATAR - NOVEMBER 28: Mohammed Kudus of Ghana celebrates with teammates after scoring their team's third goal during the FIFA World Cup Qatar 2022 Group H match between Korea Republic and Ghana at Education City Stadium on November 28, 2022 in Al Rayyan, Qatar. (Photo by David Ramos - FIFA/FIFA via Getty Images)

कतार := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ खेलमा मोहमोद कुडुसको दुई गोल मद्दतमा घानाले समूह एचको खेलमा आइतबार दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै कतारमा जारी विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा कोरियाका लागि चो गुए सोङले दुई गोल गरे पनि हार टार्नलाई पर्याप्त भएन । घानाका लागि अर्को गोल मोहमेद सालिसुले गरे ।

पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको घानाले पाँच गोलको थ्रीलर खेलमा कोरियामाथि रोमाञ्चक जितसहित पहिलो ३ अंक जोडेको छ । दुई खेलबाट ३ अंकसहित घाना दोस्रो स्थानमा उक्लेको छ ।

पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको कोरियाको भने यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको कोरियाका लागि अन्तिम १६ को यात्रा कठिन बन्दै गएको छ ।