सप्तरी := नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले चुनाव जितेर ह्याट्रिक गरेका छन् । २०७० को दोस्रो संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट बहुमतले निर्वाचित भएका हुन् ।
चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए ।




















