इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुग्यो।

Villagers salvage items from damaged houses following a 5.6-magnitude earthquake in Cianjur, Indonesia on November 22, 2022. Photographer: Aditya Aji/AFP/Getty Images

एजेन्सी:= यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।

एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ ।