फिफा विश्वकप फुटबल: अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरी।

England's midfielder #19 Mason Mount (C) fights for the ball with USA's midfielder #11 Brenden Aaronson (L) and USA's defender #03 Walker Zimmerman during the Qatar 2022 World Cup Group B football match between England and USA at the Al-Bayt Stadium in Al Khor, north of Doha on November 25, 2022. (Photo by Kirill KUDRYAVTSEV / AFP) (Photo by KIRILL KUDRYAVTSEV/AFP via Getty Images)

एजेन्सी (कतार) := कतारमा जारी फिफा विश्वकप फुटबल -२०२२ खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्।

कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन्। समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन्।

समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन्। समूहका हरेक टोलीले दुई–दुई वटा खेल खेलिसकेका छन्। अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अङ्क बनाएको छ।

त्यस्तै इरानले इंग्ल्याण्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अङ्क बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अङ्क बनाएको छ। वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अङ्क मात्र बनाएको छ।

अब मङ्सिर १४ गते बुधबार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ। दुवै खेल एकै समय राति १२:४५ मा हुनेछन्।