चितवन := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताउनु भएको छ ।
शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताउनु भयो । उहाँले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताउनु भयो ।
साथै लामिछानेले आफूलाई चुनावमा बहुमतले जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने जनाए।




















