एजेन्सी := फुटबल क्षेत्रका स्टार फुटबलर खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्ततः म्यानचेस्टर युनाइटेड क्लब छाडेका छन्। ३७ वर्षीय रोनाल्डोको पछिल्लो समय क्लब र प्रशिक्षक इरिक टेन ह्यागसँग सम्बन्ध खराब भएको थियो।
बिबिसीका अनुसार एक अन्तर्वार्तामा आफूलाई सम्मान नगर्ने प्रशिक्षकप्रति आफ्नो पनि सम्मान नभएको बताएका थिए।
युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ। रोनाल्डोले क्लब छाड्ने निर्णय तत्कालै लागू भएको क्लबले जनाएको छ।

युनाइटेडले रोनाल्डोलाई उनले ओल्ड ट्राफोडमा गरेको योगदानका लागि धन्यवाद समेत दिएको छ। रोनाल्डोले युनाइटेडमा कूल ३४६ खेल खेल्दै १४५ गोल गरेका थिए ।
रोनाल्डो हाल कतारमा छन्। उनी पोर्चुगलका कप्तानका रूपमा विश्वकप खेल्दै छन्।
रोनाल्डोले आफूलाई युनाइडेट क्लबसँग माया भए पनि आफ्नाका लागि नयाँ चुनौती रोज्ने समय आएको बताएका छन्। रोनाल्डो आगामी दिनमा चेल्सी जाने चर्चा चलिरहेको छ।




















