कतार := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गतको खेलमा फ्रान्ससँग अस्ट्रेलिया ४–१ गोलले पराजित भएको छ ।
उक्त खेलमा पहिलो गोल गरेर अस्ट्रेलियाले खाता खोले पनि हार बेहोर्नुपरेको हो । गोल गर्ने अधिक सम्भावना रहँदा रहँदै अस्ट्रेलियाले फ्रान्सको दबाब झेल्न सकेन ।
यो समूहको अर्को खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाँडेका थिए।




















