एजेन्सी := विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना विरुद्ध पुनरागमन गर्दै शानदार जित हासिल गरेपछि साउदी अरेबियामा आज (बुधबार) सार्वजनिक विदा घोषणा भएको छ।
अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले बुधबार सार्वजनिक विदाको घोषणा गरेका हुन् । समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो ।
ऐतिहासिक जितपछि साउदीमा बुधबार सबैखाले कामदारलाई छुट्टी दिइने जनाएको छ । यस्तै सार्वजनिक र निजी स्कुल बन्द हुनेछन् । विश्वकपमा साउदी अरेबियाले चौथो जित निकाल्दा अर्जेन्टिनाको भने लगातार ३६ खेलमा अपराजित यात्रा टुङ्गिएको छ ।