कैलाली क्षेत्र न.१ मा रञ्जिता श्रेष्ठ चौधरीको अग्रता कायमै।

टीकापुर:= कैलाली निर्वाचन क्षेत्र नम्बर. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन् ।

हालसम्म भएको  १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।