फिफा विश्वकप फुटबल-२०२२ : साउदी अरेबियासंग अर्जेन्टिनाको लज्जास्पद हार।

एजेन्सी (कतार:= कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ काे अनुमानित दाबेदार मानिएकाे अर्जेन्टिना आफ्नाे पहिलाे खेलमै साउदी अरेबियासँग १-२ गोलको लज्जास्पद हार व्यहोरेको छ।

आज मङ्गलवार लुसेल रङ्गमञ्च स्टेडियममा सम्पन्न भएकाे खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गाेल अन्तरले हरायाे । पहिलाे हाफमा १–० ले पछि रहेकाे अवस्थामा साउदीले दाेस्राे हाफमा २ गाेल फर्कायाे ।

मेसीका लागि लियाेनल मेसीले पेनाल्टीमार्फत गाेल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गाेल गरे। याे हारसँगै अर्जेन्टिनाकाे लगातार ३६ खेलकाे अपराजित यात्रामा ‘ब्रेक’ लागेकाे छ ।