काठमाडौं := काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री एवम् चर्चित युवा नेता गगन थापा बहुमतले विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएर विजयी भएका हुन।
एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७ हजार ४ सय ४७ को रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका डा.ठाकुर मोहन क्ष्रेष्ठले ३१९० मत पाएका छ्न।
निर्वाचन अधिकृतको कार्यालयले थापा विजयी भएको औपचारिक घोषणा गरेसंगै निर्वाचनको अन्तिम परिणाम घोषणापछि संक्षिप्त प्रतिक्रिया दिँदै विजयी उम्मेदवार थापाले आफुलाई विजयी गराएकोमा क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिँदै चुनावअघि गरेका बाचाहरू पुरा गर्ने बताउनुभएको हो ।
कांग्रेस महामन्त्री थापा तेस्रोपटक एमालेका भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका छन् । यसपटक उनले सांसद निर्वाचित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उठ्ने र प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । उनी एकपटक संविधानसभा सदस्यसहित चारपटक संसद् प्रवेश गरेका छन् ।




















