म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि।

एजेन्सी := लिभरपुलले एफए कम्युनिटी सिल्ड फुटबल खेलको उपाधि जितेको छ । गएराति भएको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै लिभरपुलले उपाधि हात पारेको हो ।

लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन । सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो । सिटी लगातार दोस्रो सिजन कम्युनिटी सिल्ड जित्नबाट वञ्चित बन्याे ।