‘बिग बोस १६’ होष्ट गर्नका लागि बलिउड सुपरस्टार सलमान खानले मागे १ हजार करोड भारु पारिक्ष्रमिक।

मुम्बई:= बलिउड सुपरस्टार सलमान खानले टिभी रियालिटी सो “बिग बोस” को १६औं सिजन चाँडै सुरु गर्ने तयारीमा हुनुहुन्छ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गर्नुभएको छ । उहाँले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होष्ट गर्ने बताउनु भएको छ ।

‘बिग बोस १५’ होष्ट गर्नका लागि सलमानले ३५० करोड भारु लिनुभएको थियो । नयाँ सिजनका लागि सलमानले निर्मातासँग १ हजार ५० करोड रुपैयाँ मागेको भारतीय मिडियाको भनाइ छ। तर निर्माताबाट त्यत्रो रकम दिन नसक्ने जवाफ सलमानलाई पुगेको छ । अहिले आएर ओभरसिज सेन्सर बोर्डका सदस्य उमेर सन्धुले आफ्नो ट्वीटमा सलमानले बिग बोस १६ को लागि आठ सय करोड भारु पारिश्रमिक लिने सम्झौता भएको दाबी गर्नुभएको छ ।

कार्यक्रममा सहभागी हुने प्रतियोगीको बारेमा पनि केही नामहरू बाहिर आएका छन् । जसका अनुसार यो सूचीमा दिव्यांका त्रिपाठीको नाम पनि परेको छ । धेरै रियालिटी शोमा देखिइसक्नुभएको छ । दिव्यांकाले ‘बिग बोस १६’मा पनि पाइला राख्न सक्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार दिव्यांकालाई शोका लागि अप्रोच गरिएको छ । यससँगै दिव्यांका र निर्माताबीच शोलाई लिएर कुराकानी पनि भइरहेको छ । यसबाहेक जन्नत जुबैर, ‘ये रिश्ता क्या कहलाता है’ मा नायराको भूमिकी निभाएका शिवांगी जोशी र माही विजको नाम पनि चर्चामा छ । यद्यपि यसबारे आधिकारिक जानकारी भने आएको छैन ।