खोटाङ := खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गर्नुभयो ।
‘खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प मापन भएको छ’, उहाँले भन्नुभयो ।
भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीले भने नेपालको पूर्वी क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो ।




















