आइपीएल टी-२० क्रिकेट: मुम्बई इन्डियन्सको लगातार खराब प्रदर्शनसंगै आठौं हार।

मुम्बई (एजेन्सी):= लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेटमा लगातार आठौं खेलमा हार बेहोरेको छ ।

आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै  प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले  सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए ।

लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेेकाे थियाे ।लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले  र राइली मेरिडीथले समान २ विकेट लिए । जितसंगै लखनऊ ८ खेलबाट ५  जित  सहित १० अंक बनाएर  चौथो स्थानमा छ ।  मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।