राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा र सिर्जनाले एसियन पारा गेम्स खेल्ने निश्चित।

काठमाडौं:= नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनि र सिर्जना घिसिङ (के ४४, ५२ केजीमुनि)का खेलाडीले सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्सका खेल्ने निश्चित गरेको छ ।

विश्व तेक्वान्दो महासंघले एकपत्राचार गर्दै पलेशा गोवर्धन विश्वको ९ औं रेङ्किङ र सिर्जना घिसिङले विश्वको १० औं रेङ्किङ बरियतामा रहेकाले वाइल्ड कार्डमार्फत एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले बताउनु भएको छ।

पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाइट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ । सिर्जना घिसिङले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जित्नुभएको छ । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठूलो आशा रहेको बताउनुभयो।