काठमाडौं:= नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले कोरोनाकालपछि पहिलोपटक पूर्वको शहर दमकमा कन्सर्ट गर्ने भएको छ । आउँदो वैशाख १ गते दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट हुनेछ ।
ब्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले संगीतप्रेमी दर्शक उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेको बताउनुभएको छ । उहाँले नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने हाम्रो जमर्को हुने बताउनुभयो ।
नेपथ्यका गायक अमृत गुरुङले नयाँ वर्षको दिन दमकमा हुने आफूहरूको कन्सर्टले नयाँ दिनको स्वागत गरी कोरोनाकालमा भएका तीता अनुभवलाई बिर्साउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।




















