चुनाव प्रचारका लागि कांग्रेसले बनायो ७१ कलाकार सम्मिलित उपसमिति।

काठमाडौं := आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

डिबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मालगायत छन्।

वैशाख ३० गते हुनलागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने कांग्रेसले जनाएको छ । पार्टी निकट सांस्कृतिक संघ संयोजक शिवशंकर रिजाल जोगिन्दरले पार्टीको निर्देशनअनुसार कलाकार सक्रिय हुने बताउनुभएको छ।