एजेन्सी:= हलिउड स्टार ब्रुस विलिसले अभिनय करिअरबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँका परिवारले सामाजिक सञ्जालमा एक लामो स्टाटस पोष्ट गर्दै उहाँले अभिनयबाट सन्न्यास लिएको जानकारी गराएको हो ।
एफासिया नामको बिरामीबाट ग्रसित भएका कारण उहाँले अभिनय छाड्ने घोषणा गर्नुभएको हो । ‘ब्रुस एफासिया रोगबाट पीडित हुनुभएको छ । यो रोगका कारण उहाँको बोल्ने, लेख्ने र भाषा बुझ्ने क्षमतामा असर परेको छ । सोही कुरोको विचार गरेर उहाले अभिनय छोड्ने फैसला दिनुभएको हो’, सामाजिक सञ्जालमा भनिएको छ ।
ब्रुसले १९८० को दशकमा अभिनय करियर सुरु गर्नुभएको थियो । आफ्नो लामो अभिनय करियरमा उहाँले ‘द बक्सिङ’, ‘होस्टेज’, ‘ग्लास’ जस्ता कयौं राम्रा चलचित्र दिनुभएको छ । उहाँ डाई हार्ड सिरिजका कारणले पनि चर्चित हुनुहुन्छ ।




















