कतार विश्वकपको ‘अल रिल्हा’ नामक बल सार्वजनिक।

दुबई:= कतारमा हुने विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ । खेलकुदको सामग्री उत्पादन गर्ने कम्पनी एडिडासले उत्पादन गरेको ‘अल रिल्हा’ नामक बललाई विश्वकपमा प्रयोग गरिने भएको छ ।

‘अल रिल्हा’ को अर्थ ‘दि जर्नी’ भन्ने हुन्छ । कतारको संस्कृति, वास्तुकला, प्रतिस्ति डुंगा र झण्डाबाट प्रेरित गरेर उक्त बल निर्माण गरिएको हो । एडिडासले फिफा विश्वकपका लागि बनाएको यो १४औँ बल हो ।

एडिडास उच्चस्तरीय ल्याबमा परीक्षण गरेर सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि गति बढी हुने गरी बनाएको जनाएको छ । फिफाका मार्केटिङ डाइरेक्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो समयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताउनुभएको छ ।

विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ । यसपटकको विश्वकपमा हालसम्म आयोजक कतारसहित २७ राष्ट्रहरू छनोट भइसकेका भएका छन् । अब पाँच टोलीको छिनोफानो हुन बाँकी छ ।

विश्वकपमा युरोपबाट १३, अफ्रिकाबाट पाँच, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट (प्लेअफबाट एक प्लस) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान रहेको छ ।