मलेसियामा प्यारालाइज भैइ बिरामी परेका जित बहादुर थापाको उद्दार गरि स्वदेश फर्काइयो।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर (मलेसिया):= सामाजिक कल्याणकारी संघ (जनउद्दार केन्द्र) मलेसियाले बिगत दुई महिनादेखि प्यारालाईज रोगबाट ग्रसित भैइ बिरामी परेका नेपाली श्रमिकको उद्दार गरि स्वदेश फर्काएका छ्न।

अवैधानिक हैसियतमै रहि बिगत १० बर्षदेखि मलेसिया रोजगारीमै काम गर्दै आइरहेका नेपाल ठेगाना सैनामैना १० रुपन्देही जिल्ला निवासी जित बहादुर थापा सिन्जालीको उद्दार गरि हिजो मिति सन् २०२२/०३/३० तारिख बुधबार मलेसियादेखि काठमाडौंसम्म भएको नेपाल एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको जनउद्दार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले मलाया खबरलाई जानकारी दिनुभएको हो।

निज प्यारालाईज बिरामी जित बहादुर थापा सिन्जाली स्वदेश फर्किनलाई आवश्यक पर्ने हवाई टिकट , पिसिआर टेस्ट , अवैधानिक बसे बापत्तको जरिवाना रकम लगायतको सम्पुर्ण खर्च जनउद्दार केन्द्रलेनै ब्यहोरेर तिरिदिएको अध्यक्ष थापाले बताउनुभयो।

जित बहादुर थापा सिन्जालीलाई स्वदेश फर्काउन मलेसिया स्थित नेपाली दूतावासले पनि सक्दो सहयोग गरि प्रभावकारी भुमिका खेलेको र साथै मलेसियामै बस्दै आएका नेपालीद्धय चन्द्र सुब्बा र मिलन लिम्बूले बिरामी थापासंगै सहजकर्ताको रुपमा खटेर सहयोग गरिदिनुभएको बताउनुभयो।

जनउद्दार केन्द्र मलेसियामा रहेका सयौं नेपाली संघसंस्थामध्यको एकमात्रै यस्तो सामाजिक संस्था हुन जसले सञ्चालनको लागि मलेसिया सरकारद्वारा र नेपाल सरकारद्वारा पनि कानुननत रुपमा दर्ता प्राप्त गरेका छ्न।

जनउद्दार केन्द्र मलेसियाले यहाँ कार्यरत लाखौं नेपाली श्रमिक मध्यका पीडित , दुखित नेपाली श्रमिकहरुलाई आवश्यक परेको खण्डमा सक्दो आर्थिक भौतिक सहयोग गरि उद्दार गरेर नेपाल फर्काउदै आएका छ्न।