तेस्रो ‘ज्योति फिल्मस् म्युजिक अवार्ड’ सम्पन्न,विभिन्न ४७ विधामा अवार्ड प्रदान।

काठमाडौं:= विगत तीन वर्षदेखि आयोजना हुँदै आएको ‘ज्योति फिल्मस् म्युजिक अवार्ड’को यसवर्षको संस्करण पनि सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ज्योति फिल्मस् म्युजिक अवार्ड २०७८ मा ४७ विधामा अवार्ड प्रदान गरियो ।

‘हाम्रो अभियान, कलाकर्मीलाई सम्मान’ भन्ने मूल नाराका साथ सम्पन्न अवार्ड समारोह चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । उक्त कार्यक्रममा गीतसंगीत, तथा डकुमेन्ट्रीसँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्डसहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

रोयल मुभिजको प्रस्तुतिमा सम्पन्न अवार्ड समारोहमा कलाकार तुलसी घिमिरे, राजु सिङ, देविका बन्दना, रमेश उप्रेती, कुमार बस्नेत, रविन्द्र खड्का, आकाश अधिकारी, सुसिल नेपाल, कमल राईलगायतको उपस्थिति थियो । कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिनुभयो।

आकाश र पूजा वर्षको उत्कष्ट मोडल

अवार्ड समारोहमा लोकप्रिय नायिका पूजा शर्माले ‘रमरम मरौटी’ गीतबाट वेष्ट फिमेल अफ द इयलको अवार्ड पाउन सफल हुनुभयो भने सोही अवार्ड पुरुषतर्फको भने ‘झुम्कावाली’ गीतबाट आकाश श्रेष्ठले पाउनुभयो । यस्तै लोकदोहोरीतर्फको विधामा सर्वोत्कृष्ट मोडलमा पुरुषतर्फ ओबी रायमाझीले ‘रमरम मरौटी’ गीतबाट पाउनुभयो भने सोही विधामै जुरीबाट विमल अधिकारीलाई ‘तिम्रो झल्को’ गीतबाट अवार्ड दिइयो ।

यस्तै सोही अवार्डमै अभिनयतर्फको अवार्ड ‘पानी छल्काले’ गीतबाट सुरेन्द्र लामिछानेलाई प्रदान गरियो । यस्तै सोही विधाको काठेभाकातर्फ ‘ए जुनेली’बाट भुवन चौलागाईंले पाउनुभयो । अवार्ड समारोहमा वेष्ट सिंगर अफ द इयलको अवार्ड लोकप्रिय लोकगायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरियो । यस्तै वेष्ट ट्यालेन्टेड मोडल अफ द इयर ‘किन हो किन’बाट आशिक गुरुङले पाउनुभयो ।

भर्सटाइल अवार्ड भने लक्षु प्रकाश मल्ललाई प्रदान गरियो । यस्तै आधुनिक तथा पपतर्फ पपुलर अफ द इयलको गायकमा धनकिरण गुरुङलाई अवार्ड प्रदान गरियो । लोकदोहोरीतर्फको सर्वोत्कृष्ट भिडियो निर्देशकमा ‘फाटेको एकहर लुगा’बाट निशान बानियाँले अवार्ड हात पार्नुभयो ।

यस्तै अवार्ड समारोहमा सर्वोत्कृष्ट शब्दको विधामा लोक दोहोरीबाट गोविन्द पंगेनीलाई ‘चल्यो बतास’बाट, आधुनिक तथा पपबाट घनश्याम बानियाँलाई ‘जीवन यस्तै हो’बाट, काठेभाकातर्फ सन्तोष गिरीलाई ‘भावीको लेखान्त’बाट अवार्ड दिइयो । यस्तै सर्वोत्कृष्ट चार्डपर्व गीतमा ‘दशैँ–तिहार’ गीतबाट प्रकाश पुरीलाई, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतबाट अजय कार्कीलाई हामी देश बचाऔंबाट अवार्ड प्रदान गरियो ।

यस्तै सर्वोत्कृष्ट लयको विधामा लोक दोहोरीतर्फ प्रसाद लामिछानेलाई ‘पानी छल्काले’बाट, काठेभाकातर्फ सरोज लामिछानेलाई बरको हाँगोबाट, एरेन्जर विधामा नारायण दंगाललाई ‘अल्लारे माया’बाट, डकुमेन्ट्री निर्देशकतर्फ गौतम खातीलाई ‘भिजिट डाँछी’बाट अवार्ड दिइयो ।

नवगायिकातर्फको विधामा आधुनिक तथा पपमा सुजाता पाण्डेलाई ‘त्यो दिन सम्झ’बाट, लोक दोहोरीतर्फ मिनाश्री लुंगेली मगरलाई ‘स्याउ फल्यो जुम्लामा’बाट, काँठेभाकातर्फ सुविना श्रेष्ठलाई ‘कालु कैलु’बाट, काठेभाका जुरीमा सारदा रसाइलीलाई ‘खेतको आली’बाट अवार्ड दिइयो । आधुनिक तथा पपतर्फ शैलेन्द्र मुडबरीलाई ‘घुम्न जाउन’ गीतबाट अवार्ड दिइयो।

यस्तै नवगायकतर्फको विधामा काठेभाकातर्फ शरणप्रसाद हुमागाईंलाई ‘पवित्र माया’बाट, लोक दोहोरीतर्फ विर्ख विश्वकर्मालाई ‘मञ्जरी’बाट, सर्वोत्कृष्ट गायन तामाङ गीतमा करण तामाङलाई ‘नाम्सा धिम‘बाट, सर्वोत्कृष्ट भिडियो सम्पादकमा विष्णु खडकालाई ‘जेल पनि सहुँला’बाट, नवमोडल पुरुषको विधामा आधुनिक तथा पपतर्फ लीलाराज बानियाँलाई ‘पहिलो माया’बाट, लोक दोहोरीतर्फ आर्यन कार्कीलाई ‘बोलाइ देउ मलामी’बाट अवार्ड दिइयो ।

सर्वोत्कृष्ट नवमोडल महिला (आधुनिक तथा पप) सुर्विना लिम्बू –किन हो किन । सर्वोत्कृष्ट नवमोडल महिला (लोक दोहोरी) रेश्मा सुवेदी-फुल्यो गुराँस । सर्वोत्कृष्ट भिडियो निर्देशकमा आधुनिक तथा पपतर्फ भने अनुप रेग्मीलाई ‘पञ्चेबाजा’ गीतबाट अवार्ड प्रदान गरियो ।

सर्वोत्कृष्ट गायकमा आधुनिक तथा पपतर्फ प्रेम सेञ्चुरीलाई ‘जीवन यहाँ यस्तै छ’ बाट, लोक दोहोरीतर्फ तारापति सुवेदीलाई ‘घाम चर्केको छ’बाट काठेभाकातर्फ राम स्याङ्तानलाई ‘विहेको रत्यौली’बाट, पपतर्फ आयुषमान विष्टलाई ‘पोखरेली नानी’बाट र सर्वोत्कृष्ट रेकर्डिस्टमा कमल थापालाई ‘डाँडा घरे साँइली’बाट अवार्ड दिइयो ।

सर्वोत्कृस्ट मौलिक भाका तर्फको गायकको अवार्ड शुक्र तामाङलाई ‘गोर्खाली’गीतबाट, गायिकाको अवार्ड आधुनिक तथा पपतर्फकी कमला रिसाललाई ‘आमाको काखै प्यारो’बाट, सर्वोत्कृष्ट गायिकामा लोक दोहोरीतर्फ चन्दा अर्याललाई ‘करीमैको दोष’बाट अवार्ड दिइयो ।

यस्तै काठेभाकातर्फ सिर्जु अधिकारीलाई ‘बाँसको डोको’बाट, काठेभाकाको पपुलरतर्फ स्मृति गौतमलाई ‘अल्लारे माया’बाट, सर्वोत्कृष्ट मोडल महिलामा एलिना रायामाझीलाई ‘भिनाजुको छड्के ताल’बाट र सर्वोत्कृष्ट मोडल महिला जुरीमा रिना थापालाई ‘हे कान्छी’ गीतबाट अवार्ड प्रदान गरियो ।