नयाँ नेपाली चलचित्र ‘ठगराज’को पहिलो गीतको रेकर्ड।

काठमाडौं:= नयाँ नेपाली चलचित्र ‘ठगराज’को पहिलो गीतको रेकर्ड सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत छ । ‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेख्नुभएको हो । गीतको एरेन्ज शिवराम रसाइलीले गर्नुभएको हो । गीतमा स्वर प्रताप दास र दीपा लामाको स्वर रहेको छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको व्यानरमा निर्माण हुने चलचित्र जेठमा छायांकन गर्ने तयारी छ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भई रहेको निर्देशक सुवेदीले बताउनुभयो । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गर्नुभयो । चलचित्रको वितरण आर–आर फिल्मसले गर्नेछ ।