ललितपुरको कुमारिपटीमा ‘कट एण्ड कलर हेयर सलोनको पुनः शुभारम्भ।

ललितपुर:= ललितपुरको कुमारिपटीमा ‘कट एण्ड कलर हेयर सलोनको पुनः शुभारम्भ गरिएको छ । आयोजित कार्यक्रममा लोकप्रिय अभिनेत्री, निर्देशक दीपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दीप क्षेत्री र वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठले संयुक्त रूपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गर्नुभएको थियो ।

विगत १२ वर्षदेखि सञ्चालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन’ पुनः नयाँ स्थान र अत्याधुनिक सेवासुविधासहित सञ्चालनमा ल्याइएको पार्लरकि वनर सारा गुरुङले जानकारी गराउनुभयो । उक्त अवसरमा सञ्चारकर्मी÷कलाकार सूर्य चन्द, ब्युटिसियन तथा समाजसेवी निकिता पाण्डे, चर्चित फेसन डिजाइनर काजल शर्मालगायत अन्य सौन्दर्यकर्मी, समाजसेवी तथा सेवाग्राहीको बाक्लो उपस्थिति थियो ।

अन्तर्राष्ट्रियस्तरको प्रविधि र सेवामूलक सम्पूर्ण सुविधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवी सौन्दर्यकर्मी द्वारा सेवाग्राहीहरूले सेवा लिन पाउनेछन् । शुभारम्भमा प्रमुख अथिति दीपाश्री निरौला र विशेष अतिथि सन्दीप क्षेत्री, रश्मिला श्रेष्ठले सारालाई बधाई तथा शुभकामाना दिनुभयो ।

महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न आग्रह गर्नुभएको थियो ।

सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा ‘कट एण्ड कलर हेयर सलोन’ सौन्दर्य क्षेत्रमा एकमात्र भरपर्दो र सेवाग्राहीको सर्वाधिक रोजाइमा परेको पार्लर हो जहाँ ग्राहकहरूको माया विश्वास र भरोसा छ ।