एजेन्सी := बलिउडका लोकप्रिय कलाकार राजपाल यादव सर्लाही पुग्नुभएको छ । उहाँलाई गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो । कार्यक्रम सदरमुकाम मलंगवास्थित कवडहलमा सम्पन्न भएको थियो ।
कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भिड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो । कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभयो । आयोजकको तर्फबाट उहाँलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।
मलंगवा नगरपालिका वडा नम्बर–२ स्थित कभर्डहलमा महाधिवेशन उद्घाटन समारोह राति अबेरसम्म चलेको थियो । राति अबेर हुने बन्दसत्रमार्फत गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने आयोजकले जनाएको हो । स्थल मार्ग हुँदै सर्लाही पुग्नुभएका यादव उद्घाटन समारोहकैबीच फर्किनुभयो ।




















