काठमाडौं:= चलचित्र ‘ए मेरो हजुर-४’को ट्रेलर रिलिज गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यो चलचित्रको काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरियो ।
सुनिलकुमार थापाले निर्माण गरेको यो चलचित्रलाई झरना थापाले निर्देशन गर्नुभएको हो । हिट सिरिज ‘ए मेरो हजुर’को यो चौथो शृंखला हो । आउँदो नयाँ वर्षको वैशाख १ गतेबाट प्रदर्शन हुने भनिएको यो चलचित्र प्रेमकथामा आधारित छ ।
चलचित्रमा सरोज खनाल, रवि गिरी र सलोन बस्नेतको पनि मुख्य भूमिका छ । अभिनेत्री सुहाना निर्देशक तथा कलाकार झरना थापाकी सुपुत्री हुनुहुन्छ ।




















