स्टार फुटबलर रोनाल्डो चम्कदा म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित।

एजेन्सी लन्डन:= स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो चम्कदा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । शनिबार राति युनाईटेडले टोटनहमबिरुद्द ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो । उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गर्नुभएको थियो ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाउनुभयो । ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याउनुभएको थियो । खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाउनुभयो । ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो ।   यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाउनुभएको छ ।

दोस्रो स्थानमा रहेको जोसेफ बिकानको ८०५ गोल छ । रोनाल्डोले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गर्नुभएको हो । यस जितपछि २९ खेलबाट ५० अंक जोडेर युनाइटेड चौथो स्थानमा उक्लेको हो । टोटनहम ४५ अंकसहित सातौं स्थानमा छ । जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।