क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली श्रमिक मलेसियामै (हराएका) बेपत्ता भएका छ्न।
नेपाल ठेगाना साबिक तिलाहार गाविस वडा नम्बर.९ हाल मोदी गाउँपालिका वडा नम्बर.६ तिलाहार पर्वत जिल्ला निवासी ३१ बर्षिय नेपाली श्रमिक नारायण बहादुर खत्री क्षेत्री बिगत ७ बर्षपहिल्यै यतै मलेसियामा काम गर्न आएको र बिगत २ बर्षदेखि आफ्नो परिवार र आफन्तहरुसंग पुर्ण रुपमा सम्पर्क बिहिन भैई बेपत्ता भएका हुन्।


मलेसियामा बेपत्ता भएका निज नेपाली श्रमिक नारायण बहादुर खत्री क्षेत्रीको खोजतलास गरि परिवारलाई जानकारी गराई सहयोग गरिदिनुहुनको लागि परिवारका सदस्य स्वयंमले स्थानीय तहमा उपस्थित भएर निवेदन दिइ मलेसियामा कार्यरत सम्पुर्ण नेपालीमा हार्दिक अनुरोध समेत गर्नुभएको छ।
बेपत्ता नारायणलाई देख्नुहुने अथवा भेट्नुहुनेले तल दिइएको सम्पर्क नम्बरमा फोन अथवा ह्वाट्सएप मार्फत म्यासेज गरि जानकारी दिनसक्नुहुनेछ् ।
+6010-2940010 / +601172328150




















