क्वालालम्पुर (मलेसिया):= मलेसिया प्रवेश गर्ने विदेशी श्रमिक,कामदारको लागि मलेसियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन खोलिएको क्वारेन्टाइन स्टलहरु (सेन्टर) विदेशी कामदारहरूको लागि अब अनलाइन बुकिङ खुल्ला गरिएको छ।
मलेसियालि रोजगारदाता,कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्नलाई विभिन्न अन्तर्राष्ट्रिय देशबाट ल्याउने विदेशी कामदारहरूका लागि क्वारेन्टाइन स्लटहरू आजदेखि बुक गर्न सक्नेछ्न , जुन कि कामदार ल्याउने प्रक्रिया पनि यो महिना (मार्च) मै सुरु हुने अपेक्षा गरिएको छ, मलेसिया सरकारको मानव संसाधन मन्त्री दातोक श्री एम. सारावननले बताउनुभएको छ।
मन्त्री सारावननले भने , विदेशी कामदारहरूले मेडिकल जाँच पास गरेपछि र विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (Foreign Workers Centralised Management System (FWCMS) platform, प्लेटफर्म https://fwcms.com.my/. मार्फत भिसा विथ रेफरन्स (VDR) जारी गरेपछि बुकिङ गर्न सकिने बताउनुभयो।
(VDR) भन्नाले अध्यागमन विभागको मुख्यालयले भिसा स्वीकृत गरेपछि मलेसियामा प्रवेश गर्नका लागि गैर-नागरिकलाई विदेशमा मलेसियाली प्रतिनिधि कार्यालयले जारी गरेको भिसालाई बुझाउँछ , उनले भने।
“विदेशी कामदार मलेसिया प्रवेश पछि बस्ने क्वारेन्टाइनको अनुमानित लागत आरएम २,००० देखि ३,००० सम्मको बीचमा रहेको छ, जसमा बस्नको लागि आवास, खाना र पेय पदार्थ (दिनको तीन पटक), क्वारेन्टाइन केन्द्रमा यातायात र क्वारेन्टाइन अवधिमा कोभिड-१९ परीक्षणहरू समावेश गरिएका छन्,” उनले भने।
यहीँ फागुन १५ गतेसम्म वैदेशिक रोजगारीका लागि कामदार प्रवेश गर्न १ लाख ७१ हजार १ सय ३३ जनाको आवेदन परेका छन् भने त्यसमध्ये उत्पादन क्षेत्रमा १ लाख , १८ हजार ९६७ , सेवा (सुरक्षा) क्षेत्रमा २१ हजार ४०, वृक्षारोपण १५ हजार ७ सय ८७ रहेका छन् ,भने निर्माण क्षेत्रमा १२ हजार २५२ र कृषि क्षेत्रमा ३,०८७ जनाको आवेदन परेको बताउनुभयो।
गत डिसेम्बर १०, २०२१ मा बसेको मन्त्रिपरिषद् बैठकले काम गर्ने अनुमति पाएका क्षेत्रहरुमा विदेशी कामदार भर्ना गर्ने सहमति गरेको थियो। Source : Bernama





















