यही फागुन २० (मार्च ४) गते शुक्रबार ‘अपटाउन म्युजिक फेस्टिभल’ हुँदै।

काठमाडौं:= ‘अपटाउन म्युजिक फेस्टिभल’ आयोजना हुने भएको छ । अपटाउनको प्रस्तुतिमा पिभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही फागुन २० (मार्च ४) गते शुक्रबार ललितपुरको झम्सिखेलमा हुन लागेको हो ।

फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रवीन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति हुनेछ  यसबाहेक हरि महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरूबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन् । फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नुहुने छ । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ ।