काठमाडौं:= आइएमईले बैंक डिपोजिट लक्षित ‘होस्टेमा हैंसे’ अफर ल्याएको छ । चैत १७ गतेसम्म लागू हुने अफरअन्तर्गत नेपालभरि जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउँदा हरेक दिन पाँचजनालाई एक हजार, हरेक हप्ता दुईजनालाई २५ हजार तथा बम्परमा एकजना भाग्यशालीलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । भाग्यशाली विजेता छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत् गरिने बताइएको छ ।
विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहक अफरमा सहभागी हुन योग्य हुनेछन् । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।




















