काठमाडौं := आईतवार संसदबाट एमसिसी पारित भएसंगै एमसिसीको विरुद्धमा आज (सोमबार) नेपाल बन्दको घोषणा गरिएको छ । नेकपा (विप्लव) लगायत विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आइतबार सयुंक्त विज्ञप्ति जारी गर्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।
नेपाल बन्दको घोषणा गर्नेमा सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा मसाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, माके (समाजवादी) र देजमो नेपाल रहेका छन्।
एमसिसीको विरुद्धमा आइतबार साँझ विभिन्न दलले मसाल जुलुससमेत निकालेका थिए । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले रातारात एमसिसी कम्प्याक्ट रातारात पारित गर्ने मूर्खता गरिरहेको ती दलहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




















