काठमाडौं:= ‘मिस्टर नेपाल २०१९’का विजेता डा.सन्तोष उपाध्यायले पोखराकी आरती पराजुलीसँग बिहे गर्नुभएको छ । शुक्रबार हिमालय होटल कुपण्डोलमा दुई पारिवारिक र आफन्तको भेटघाटसँगै लगठन गाँठो कस्नुभएको हो । उहाँहरू केही वर्षदेखि प्रेममा रहनुभएको थियो ।
दुवैको तीन साताअगाडि नयाँबानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटमा एक समारोहबीच इन्गेजमेन्ट भएको थियो । कोरोना कहर भएकाले इन्गेज्मेन्ट समारोहमा दुवैतर्फका सीमित पारिवारिक व्यक्तिको मात्र उपस्थिति थियो । विवाहमा दुवैतर्फमा सीमित आफन्तको सहभागिता छ । सन्तोषले भव्य रिसेप्सन पार्टी भने केही दिनपछि दिइने बताइएको छ ।
आरती पेसाले चार्टर एकाउन्टेन्ट हुनुहुन्छ । उहाँ अहिले नेपाल इन्भेष्टमेन्ट बैंकमा सिनियर अफिसरको रूपमा कार्यरत हुनुहुन्छ । सन्तोष भने पेसाले डाक्टर हुनुहुन्छ । उहाँ पछिल्लो समय स्वास्थ्य भन्ने डिजिटल प्लेटफर्ममा कार्यरत हुनुहुन्छ ।
सन्तोषले २०१९ मा मिस्टर नेपाल उपाधि जित्नुभएको थियो । त्यसपछि ‘मिस्टर सुपरस्टार २०२०’ जित्नुभएका उपाध्यायले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुपर न्यासनल २०२१’ मा थर्ड रहनर अफ हुनुभएको थियो ।




















