१ खर्बभन्दा बढीले घट्यो पुँजीकरण।

काठमाडौं:= साताभर सेयर बजार ७५ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से ४०.५७ अंकले घटेर २८३६.१७ बिन्दुमा रोकिएको थियो भने सोमबार दोहोरो अंकले बढेको थियो । सो दिनको कारोबारमा नेप्से १५.७१ अंकले बढेर २८५१.८८ अंकमा रोकिएको थियो । मंगलबार भने १६.३ अंकले घटेर २८३५.५८ अंकमा झरेको थियोे । बुधबार पनि २२.०६ अंकले घटेर २८१३.५२ अंकमा झरेको थियो भने बिहीबार ११.९६ अंकले घटेर २८०१.५६ अंकमा झरेको थियो ।

आइतबार कारोबारमा आएका दुई सय २८ कम्पनीका एक करोड ६ लाख ५१ हजार कित्ता सेयर पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार कारोबारमा आएका दुई सय २४ कम्पनीका ९५ लाख १२ हजार पाँच सय ८० कित्ता सेयर पाँच  अर्ब दुई करोड २० लाख १७ हजार एक सय ८१ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार कारोबारमा आएका दुई सय ३० कम्पनीका एक करोड २० लाख ५३ हजार कित्ता सेयर छ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको थियो भने बुधबार कारोबारमा आएका दुई सय २३ कम्पनीका ६५ लाख २० हजार कित्ता सेयर तीन अर्ब ४७ करोड ११ लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम दिन बिहीबार कारोबारमा आएका दुई सय २७ कम्पनीका ६९ लाख ५० हजार कित्ता सेयर तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको थियो ।  पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि गिरावट आएको छ । गत साता एक खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएकोे लगानीकर्ताको सम्पत्ति यो साता एक खर्ब पाँच अर्ब ७३ करोडले घटेको छ  ।

गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा यो साता एक खर्ब पाँच अर्ब ७३ करोड रुपैयाँले घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोडमा झरेको छ ।