काठमाडौं:= नेपालस्थित अशोक लेल्यान्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । सवारी चालकलाई सवारीधनी बनाउने उद्देश्यसाथ कम्पनीले यस्तो अभियान सुरु गरिएको जनाएको छ ।
योजनाअन्तर्गत अशोक लेल्यान्डका जुनसुकै लाइट कमर्सियल भेहिकल सिरिजका सवारीसाधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ । सवारीसाधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नुनपर्ने सुविधा र आकर्षक व्याजदरको लाभ लिन पाउने कम्पनीले जनाएको छ । योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।




















