[ देविराम कुसारी ]
दाङ := दाङ जिल्लाको साबिक गाेल्टाकुरी, २८ माघ नेपाली काँग्रेस दाङकाे सिटामाेल वितरण कार्यक्रमले गति लिएकाे छ ।
काेराेनाका कारण देशै भरी सिटामाेलकाे अभाव भए पछी क्षेत्रिय प्रतिनिधि पवनकुमार आचार्यले १ लाख १० हजार ट्याब्लेट सिटामाेल काँग्रेस दाङलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।
घाेराही ९ निवासी आचार्यले हस्तान्तरण गरेकाे सिटामाेललाई स्वास्थ्य संस्था मार्फत जनताकाे घरघरमा पुर्याउने अभियान थालिएकाे काँग्रेस दाङका सभापती शंकर डागीले जानकारी दिनुभएकाे छ । जनताकाे हरेक समस्यामा काँग्रेस साथमै रहेकाे वताउदै सभापती डागीले काँग्रेसका हरेका कार्यकर्ता घर भेटमा लागेकाे पनि बताउनु भयाे ।
अभियान अन्तरगत उपसभापती कमानसिंह भारती, सिचव अर्जुन याेगी, वालिका सम्साल लगाएतकाे टाेलीले बबईका सभापती प्रकाश बस्नेत, शान्तिनगरका झलक केसी, दंगिशरणका शंभु गिरी, तुलसीपुर नगर सभापती शुरेस हमाललाई सिटामाेल हस्तान्तरण गर्नुभएकाे हाे । अभियानमा नेकाका गिरिराज सुवेदी, राजु आचार्य, केदारनाथ पाैडेल, गेहेन्द्र वली, विपना राेका लगाएतकाे सहभागिता रहेकाे थियाे ।
यसैविच आज ( शुक्रवार) दंगिशरण गाँउपालिकाका वडा स्तरमा सिटामाेल बितरण गरिएकाे छ । पालिका सभापती शंभु गिरीकाे नेतृत्वमा पालिकाकाे वडा नम्वर १, २ र ३ मा सिटामाेल वितरण गरिएकाे २ का सभापती शरदिन कुसारीले जानकारी दिनुभएकाे छ । यसरी प्रदान गरिएकाे सिटामाेलले जनतालाई प्रत्यक्ष लाभ दिने स्वास्थ्य चाैकी दंगिसरण २ गाेल्टाकुरीका प्रमुख राजेन्द्र हमालले वताउनु भयाे ।
पुर्ण अभाव नभए पनि सेवा ग्रहीकाे माग अनुिसा सिटामाेल दिन नसकिएकाे अवस्थामा सहयाेगमा आएकाे सिटामाेलले साच्चिकै अर्थ राख्ने आधारभुत स्वास्थ्य सेवा केन्द्र दंगिशरण १ राम्पुरका प्रमुख दामाेदर शर्माले बताउनु भयाे । त्यसैगरी बंगलाचुली सभापती दाेर्ण केसीलाई पनि सिटामाेल वितरण गरीएकाे छ ।




















