‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने,अवार्डको फारम खुला।

काठमाडौं:= नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्डको तेस्रो संस्करण ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । विगत झै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्न लागेको हो ।

अवार्डमा भाग लिन चाहनेका लागि बिहीबारबाट फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी गराउनुभयो । यो अवार्डमा सहभागी हुन चाहनेहरूले आगामी ५ चैतसम्म फारम भरिसक्नुपर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँबानेश्वरबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना नयाँ वर्षको अवसर पारेर आगामी वैशाखमा गरिने भएको छ ।

यो अवार्डमा सहभागी हुन चाहने गीतहरू सन २०२१ जनवरीबाट सन् २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनुपर्ने आयोजकले जनाएको छ । अवार्डमा गीतसंगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरूले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकालाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ ।

फेसनतर्फ कोरियोग्राफर, ¥याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होष्ट, अन्तर्राष्ट्रिय ब्युटीपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आइकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा ब्युटीपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।