बेलायतमा फेब्रुअरी अन्त्यबाट कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटने।

एजेन्सी लण्डन:= बेलायत सरकारले लागू गरेका कोरोनासम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले बेलायती संसदमा ती प्रतिबन्धहरू हटाइने घोषणा गर्नुभएको हो । उहाँले फेब्रुअरीको अन्त्यमा इंल्याण्डमा कोरानाभाइरसका प्रतिबन्धहरू हटाइने बताउनुभयो । कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाउन लागिएको प्रधानमन्त्री जोनसनले बताउनुभयो ।

जोनसनको घोषणालाई बेलायती संसदमा तालिद्वारा सबै सांसदहरूले स्वागत गरेका थिए । बेलायतमा ओमिक्रान संक्रमणपछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको विज्ञहरूको सुझावका आधारमा सरकारले सो निर्णय लिएको बताइएको छ । कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरूले सावधानी दर्शाए विपरीत मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।