मोगादिसु:= सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा ४३ लाख मानिस प्रभावित भएको जनाएको हो।
यहाँ अघिल्लो महिनामै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरू मानिस थपिएको राष्ट्रसंघले जनाएको छ । भोकमरीकै कारण खाना र पानी खोज्नका लागि दुई लाख ७१ हजार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ।यो जनसंख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।




















