एमसीसीका लागि सक्रियताः ओली र अमेरीकी राजदुतबीच छलफल, शेखरको पनि ओलीसँग परामर्श।

काठमाडौं := संसदमा पेश गर्न दबाब परिरहेको एमसीसीका बारेमा अमेरीकाले फेरी आफ्नो चासो बढाएको छ । अमेरीकी राजदुत रेन्डी बेरीले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरी थप चासो दिएका हुन् ।

एमसीसी प्रति  गठबन्धनभित्र एक रुपता नरहेको स्थितिमा संसदको ठूलो दल एमालेको धारणाबारे थप स्पष्ट हुन अमेरीकाले चासो दिएको हो । एमाले अध्यक्ष ओली अहिले संसद अवरोध गर्ने पक्षमै रहे पनि एमसीसी भने अगाडी बढाउनु पर्ने पक्षमा छन् । तर पार्टीले आधिकारीक धारणा ल्याएन भन्ने आलोचना बढीरहेको छ ।

एमाले भित्रै भीम रावल लगायतको टिम एमसीसी संसोधन विना पारित हुन नहुने पक्षमा छन् । यसैबीच एमाले अध्यक्ष ओली र काँग्रेस नेता शेखर कोईरालाबीच पनि छलफल भएको छ । भेटमा कोईरालाले संसद अवरोध हटाउन र एमसीसी टेबल गर्ने वातावरण बनाउन आग्रह गरेको बताईएको छ ।