चिनियाँ नयाँ वर्षमा राष्ट्रपतिको सम्बोधनमा चिनिसहित हङ्कङ, मकाउ र ताइवानवासीलाई शुभकामना।

बेइजिङ:= चिनियाँ राष्ट्रपति सि चिनपिङले बेइजिङमा आयोजित स्वागत समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति (सिपसी) र राज्य परिषद्को तर्फबाट नागरिकलाई वसन्त पर्वको शुभकामना दिनुभएको छ । सिपीसी महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सिले ग्रेट हल अफ द पिपुलमा भएको भेलालाई सम्बोधन गर्दै सबै जातीय समूहका चिनियाँ जनतासहित हङ्कङ, मकाउ र ताइवानवासीलाई समेत शुभकामना दिनुभएको हो ।

विश्लेषकहरूले राष्ट्रपति सिको उक्त सम्बोधनले गत वर्ष चीनले हासिल गरेका उपलब्धि र तिनको ऐतिहासिक महŒवलाई संक्षेपमा प्रस्तुत गरेको छ र भविष्यका लागि आत्मविश्वास, साहस र दृढ संकल्पको स्पष्ट सन्देश पनि दिएको छ । चीनको नयाँवर्षसमेत भनिने वसन्त उत्सव फेब्रुवरी १ मा मनाइन्छ ।

२०२१ मा सिपीसी र मुलुकले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै पार्टीको १०० वर्षको इतिहासमा तेस्रो ऐतिहासिक संकल्प पारित गर्ने काम महŒवपूर्ण उपलब्धि भएको बताउनुभयो । निरपेक्ष गरिबीविरुद्धको लडाइँ, सबै हिसाबले मध्यम समृद्ध समाज निर्माण गर्ने पहिलो शताब्दीको लक्ष्यको प्राप्ति र पूर्णरूपमा आधुनिक समाजवादी चीनको निर्माणको नयाँ यात्राको सुरुवात भएको राष्ट्रपति सीको भनाइ थियो ।

ग्त वर्ष, चीनले आर्थिक विकास र कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणको सन्दर्भमा विश्वमा आफ्नो अग्रणी स्थान कायम राखेको सिले बताउनुभयो । चीनको उच्च गुणस्तरीय विकास, रणनीतिक विज्ञान तथा प्रविधिको क्षमता, सुधार र खुलापन र जनताको हितमा चीनले प्रगति हासिल गरेको उनको भनाइ थियो ।

हङ्कङमा व्यवस्था पुनःस्थापित भएको र पृथकतावादी शक्तिसँग लड्न र राष्ट्रिय पुनर्मिलनलाई सहज बनाउन थप प्रयास गरिएको पनि सिले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले जस्तोसुकै मोड वा चुनौतीहरूको सामना किन गर्नु नपरोस, हामीले सिपीसीको महान् भावनालाई अघि बढाउनेछौं र सिथिलता तथा प्रतिकूलताको अन्त्य गर्छौ ।’

सिपीसीले विगत पाँच वर्षमा गरेका कामको समीक्षा गर्न र आगामी अवधिको विकासको खाका तयार गर्न सन् २०२२ को दोस्रो भागमा २०औं राष्ट्रिय महाधिवेशन गर्ने सीले बताउनुभयो । महाधिवेशनका लागि ठोस कार्यमा जोड दिँदै सिले बोर्डमा सुधार, खुलापनलाई अगाडि बढाउन, उच्च गुणस्तरीय विकास प्रवद्र्धन, जनताको हित सुनिश्चित र सुधारको प्रयास गर्न आग्रह गर्नुभयो । ‘स्थिर र स्वस्थ अर्थतन्त्र, सुरक्षित र शान्त समाज र इमानदारीता र अखण्डतासहितको राजनीतिक इकोसिस्टम कायम राख्नमा ध्यान केन्द्रित हुनुपर्छ’, सिले भन्नुभयो ।

सिले भन्नुभयो ‘बेइजिङ २०२२ शीतकालीन ओलम्पिक र पाराओलम्पिक छेकोमा, चिनियाँ जनता विश्वका लागि एक सुव्यवस्थित, सुरक्षित र भव्य भेला प्रस्तुत गर्न पूर्णरूपमा तयार छन् ।’